आज :

काठमाडौं- १ को मतगणना सुरु, प्रकाशमान सिंह, रवीन्द्र मिश्र, पुकार बम र किरण पौडेलमध्ये कसको अग्रता ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको हो ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।

त्यस्तै ललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन् । यस्तै ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की रहेकी छन् ।

१३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन् भने कार्कीले ४९८ मत पाएकी छन् । यस्तै माओवादी केन्द्रकी २९८ मत पाएकी माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal