आज :

४३ जना मोतिबिन्दु बिरामीले पाए आँखाको निःशुल्क शल्यक्रिया सेवा

  • बुद्धशरण शाही

 कात्तिक १९, काठमाडौँ  । दैनिक एक कप बराबरको रकम दान बात बनेको  “  एक कप चिया ”  अभियानले  ४३ जना मोतिबिन्दु बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । २६ औँ निःशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा आज  शनिबार अभियान अन्तर्गत उठेको चन्दाबाट संकलित रकमबात  देशका विभिन्न स्थानबाट आएका बिरामीलाई उपचार नेत्र विशेषज्ञ गरिएको हो ।

काभ्रेपलान्चोक जिल्लासहित काठमाडौंको मनमैँजु, टोखा, बलम्बु, कीर्तिपुरलगायतका अति विपन्न बिरामीलाई सो सेवा दिइएको यूथ आई सर्भिसका अध्यक्ष तथा बरिष्ट आँखा रोग बिषेशज्ञ सिद्धार्थ रञ्जितले जानकारी दिनुभयो ।

विगतमा एउटा  आँखाको शल्यक्रिया गरेका केही बिरामीले पुनः अर्को आँखाको शल्यक्रिया गरेका छन् । सो शल्यक्रियामा जापानी राजदूतावासका परामर्शदाता डा. नाओको सिकागो उपस्थिति रहेको थियो ।

विभिन्न स्थानबाट आएका बिरामीलाइ बुधबार नै आँखा शिविर रहेको श्री कीर्ति विहारमा नि:शुल्क खान, बस्न सुभिधा सहित प्रारम्भिक आँखा जाच गरिएको थियो । मोतिबिन्दुको सफल शल्यक्रिया पछी आजै बिरामीहरुलाई आ-आफ्नो स्थानमा नि: शुल्क  यातायात ब्यबस्था गरि पुर्याईएको छ ।

निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएपछि बिरामीहरू खुसी देखिएका छन् ।

दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा अहिलेसम्म ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।

आँखा सिविरमा देखिएका केहि फोटोहरु – 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal