आज :

उत्तर कोरियाद्वारा जापानमाथि एकाएक मिसाइल प्रहार, घरभित्र वा बंकरभित्र रहन नागरिकलाई जापानको आह्वान

  • अनलाइन डबली

काठमाडौं । उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ । मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो । यद्यपि मिसाइलले क्षति पुर्याएको छैन ।

उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि सुरक्षाका लागि जापानले ‘जे वार्निङ’ जारी गरेको र यो निकै खतरापूर्ण अवस्थामा मात्र जारी हुने बीबीसीले जनाएको छ ।

जापानका अधिकारीहरुले सुरुमा उत्तर कोरियाको क्षेप्यास्त्र जापान माथिबाट उडेको बताएका थिए । तर रक्षामन्त्री यासुकाजु हमादाले भने जापानी द्वीप समूह पार नगरेको र जापानको सागरमा हराएको बताएका छन् ।

उत्तर कोरियाले बुधबार मात्रै दक्षिण कोरियातर्फ २३ मिसाइल प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल दक्षिण कोरियाको जल सिमानाको केही टाढा खसेको थियो ।

यसको जवाफमा दक्षिण कोरियाले लडाकु विमानमार्फत् आकाशबाट जमिनमा आक्रमण गर्न मिल्ने मिसाइल उत्तरकोरियातर्फ प्रहार गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाबीच एयरफोर्स ड्रिलपछि उत्तर कोरियाको तर्फबाट आक्रामक कदम उठाउने सिलसिला जारी रहेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले उक्त ड्रिल रोक्न आह्वान गरेको थियो । त्यसको जवाफमा दक्षिण कोरियाले अमेरिका र दक्षिण कोरिायाबीचको सम्बन्ध बिगार्ने प्रयास सफल नहुने बताएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal