आज :

चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा घटेको थियो यस्तो घटना, सीले हु जिन्ताओलाई हलबाट निकालेको विस्तृत भिडिओसहित

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय सम्मेलन सकिएको केही दिन बितिसकेको छ।

गत शनिबार राष्ट्रिय सम्मेलन सकिएपछि सी चिनफिङले तेस्रो कार्यकालका लागि महासचिव भइसकेका छन्। तेस्रो कार्यकाल चलाउन उनले स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी पनि बनाइसकेका छन्।

सम्मेलन अन्तिम दिन ग्रेट हल अफ द पिपलमा भएको एउटा घटनाले भने अझै पनि चर्चा पाइरहेको छ। त्यो दिन समापन समारोहमा पूर्वराष्ट्रपति हु जिन्ताओलाई भने हलबाट निकालिएको थियो।

अहिले उक्त घटनाको झन्डै तीन मिनेट लामो विस्तृत भिडिओ सार्वजनिक भएको छ। सिंगापुरको च्यानल न्युज एसियाले सार्वजनिक गरेको भिडिओमा जिन्ताओलाई हलबाट निकाल्नुअघि के भएको थियो भन्ने देखाउँछ।

उक्त भिडिओमा जिन्ताओको बायाँतिर बसेका जनकंग्रेसका सभामुख ली चाङ्शुले सुरूमा जिन्ताओको फाइल लैजान्छन् र उनलाई केही कुरा भन्छन्।

त्यसपछि एक जना पुरूष आउँछन्, जसलाई राष्ट्रपति सी चिनफिङले केही निर्देशन दिन्छन्। त्यसपछि ती पुरूषले जिन्ताओलाई सिटबाट उठाउन खोज्छन्।

सुरूमा सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मानिरहेका हुँदैनन्। केहीबेरको प्रयासपछि उनी सिटबाट उठ्छन्। जाने बेलामा उनले सीलाई केही कुरा भन्छन् र छेऊमा बसेका प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन्।

त्यसपछि उनलाई दुई जना पुरूषहरूले हलबाट बाहिर लिएर जान्छन्। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जिन्ताओको स्वास्थ्य अवस्थाका कारण उनलाई हलबाट निकाल्नु परेको जनाएको छ।

कतिपयले भने चिनफिङले जिन्ताओको समय सकिएको सन्देश दिनका लागि ‘पोलिटकल ड्रामा’ गरेको दाबी गरेका छन्। हु जिन्ताओ सन् २०१२ मा चिनफिङ महासचिव चुनिनुअघि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए।

७९ वर्षका उनी गत आइतबार सुरू भएको कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा पनि सहभागी थिए। हेर्नुहोस् भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal