काठमाडौं । नेकपा एमालेका पूर्व नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रको फौज जागिसकेको बताउँदै मंसिर ४ गतेपछि आराम गर्ने बताएका छन् । शनिबार माओवादी केन्द्रको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले मंसिर ४ गतेपछि तीन चार दिन आराम गर्नेगरी माओवादी शक्ति जाग्नु पर्ने बताए ।
बाम लोकतान्त्रिक गठबन्धनको साथ पाएका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा पुनःस्थापना गराउने नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भएको दाबी गरेको छन्। पहिलो विघटनको नेता प्रचण्ड र दोस्रो विघटनको नेता नेपाली काँग्रेसका सभाति शेरबहादुर देउवा भएकोले गठबन्धनको राजनीतिक वैधता पाएको बताए ।
‘यो माओवादी केन्द्रको फौज आजबाट छुटेको छ । अब मंसिर ४ गते मत पेटिका बोकेर ल्याएर मात्रै आराम गर्छ, बरु मंसिर ४ गतेपछि तीन चार दिन आराम गराैंला र अहिले यो फौज छुटेको प्रतिवद्धता गराैं’ भुसालले भने । उनले यो लडाइँ भएको बताउँदै चुनावमा शानदार जित निकाल्नु पर्नेमा जोड दिए ।
क्रान्तिका शक्ति फुटेपछि कहिलेपनि क्रान्ति हुन नसक्ने बताउँदै वाम–लोकतान्त्रिक शक्ति एक ठाउँमा आएकाले नै संविधान बनेको र यसलाई बचाउनु पर्ने बताए । वाम–लोकतान्त्रिक गठबन्धन फुटे अहिलेसम्मको उपलब्धि खेर जाने समेत बताए। अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न नसकेकै कारणले आफूहरु असफल भएको उनको बताए ।
‘वाम–लोकतान्त्रिक गठबन्धनको स्पिरिड अहिलेको अवश्यता हो। दुई पटक संसद विघटन भयो। जसले जे भनेपनि पहिलो पटक संसद विघटन हुँदा त्यसको पुनस्थापना गर्ने नेता प्रचण्ड नै हो। दोस्रो पटकका शेरबहादुर देउवा हुन्’ उनले भने, ‘त्यसैले वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य छ।’
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली





