काठमाडौँ । प्रभु बैंक लिमिटेड र ठमेलस्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.का तर्फ बाट प्रोप्राइटर सुबोध शाक्यद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छनु ।
प्रभु बैंक र उक्त रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.ले सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
सम्झौता अन्तर्गत केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।