हुम्ला जिल्ला सर्केगड गाउँपालिका वडा नं. ८ निवासी ३७ वर्षका युवा जगत विश्वकर्मा लामो समयदेखि हर्मोन लिक भएको, मुटु,मृगौला,फोक्सोमा समस्या आएको र हाल पेट फुलेर गम्भीर विरामी भएका हुन । हालै संवाद डबलीको टिमसँग कुरा गर्दै आफू बाहिरबाट हेर्दा स्वस्थ जस्तो देखिएपति भित्रबाट निकै नै जरजर भएकोले उपचारको लागि आर्थिक सहयोगको वातावरण मिलाईदिन अनुरोध गरेका छन् ।
विश्वकर्माले यसअघि उपचारको क्रममा घरपरिवारसँग भएको सम्पूर्ण खर्च सकिए पनि नेपालमा उपचार नभएकोले सहयोगको लागि अपिल गर्दै भनेका छन्,“स्वदेश तथा विदेशमा रहनुहुने मनकारी दाजुभाइ तथा दिदीबहिनी म जीवन र मृत्युको दोसाँधमा पुगिसकेकोले आर्थिक सहयोग गरी मलाई बचाइदिनुहोला ।” घरको आर्थिक स्थिति निकै नै कमजोर अवस्ता त छदैथियो त्यसमाथि नेपालका कुनै पनि अस्पतालमा त्यसको उपचार समभव नदेखिएको र डाक्टरले विदेशमा जान भनेर रिफरसमेत गरिसकेको बताएका छन् । वीर अस्पतालले भारतको दिल्ली वा अन्य देश गएर उपचार गर्न रिफर गरेको र अनुमानित ६ देखि ७ लाख कम्तिमा खर्च हुनेसमेत बताएको जनाएका छन् । हाल उनि जोरपाटी स्थित आफन्तको कोठामा विना उपचार रोगसँग लडिरहेको उनलाई सहयोग गरिरहेका मशान्त विश्वकर्माले अनलाइन डबलीलाई बताए ।
उनको उपचारका लागि ‘जगत वश्वकर्माको जीवन वचाउ अभियान’ सञ्चालन गरिएको छ । यसैले मानवता देखाएर निम्न बैंक खाता र फोन नम्बरमा सम्पर्क गरी सहयोग गरीदिन हार्दिक अनुरोध गर्दछौं । साथै जजस्ले सहयोग गर्नुहुन्छ सहयोग गर्ने व्यक्तिवहरुले बैंकमा जम्मा गरेको भौचर वा ई–बैंकिङ गरेको सहयोगको स्कृन सट [email protected] तथा तलका नम्बरमा सम्पर्क गरेर पठाइदिनु होला हामीले ता कि हामीले धन्यवाद सहितको समाचार बनाउँना पाउनेछौं ।
नामः जगत विश्वकर्मा
बैंकः नविल बैक
खाता नम्बरः ०४१००१७५१४०२७
फोनः ९८४८१९३६२१
मशान्त वि.क.(विरामीको भाई): ९८६१२३९४७८