आज :

सैन्य अभ्यास सकिएलगत्तै ताइवानबारे जनमुक्ति सेनाको अर्को घोषणा, अमेरिकामा हलचल

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाको एक हप्ता लामो सैन्य अभ्यास तत्काललाई सकिएको छ । आफ्नो सुरक्षा चाँसोको बेवास्ता गर्दै अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यासको सुरु गरेको थियो ।

सैन्य अभ्यास सकिएलगत्तै जनमुक्ति सेनाले एक विज्ञप्ति नै जारी गरेर चीन र ताइवानबीचको समुद्री क्षेत्रमा “नयमित युद्ध तयारी गस्तीहरू गरिने जनाएको छ । उता ताइवानको रक्षा मन्त्रालयले पनि अभ्यास सकिएपछि पनि ३६ वटा चिनियाँ सैन्य विमान र १० वटा पानीजहाज चीन र ताइवानबीच रहेको साँघुरो सामुद्रिक मार्गमा परिचालित रहेको जनाएको छ ।

जनमुक्ति सेनाको नयाँ घोषणाले ताइवान र अमेरिकामा तरंग फैलिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अभ्यासपछि चीन शान्त हुने र पेलाेसीमाथिको प्रतिबन्ध, ताइवानमाथिका नाकाबन्दी र अमेरिकासँगको सम्बन्ध सुचारु हुने आशा गरिएको थियो तर पिएलएको अर्को घोषणाले ताइवानमाथिको नाकाबन्दी र पेलाेसीमाथि प्रतिबन्ध तत्काल जारी नै रहने बताइएको छ ।

चिनियाँ जनमुक्ति सेनाले ताइवानलाई घेराबन्दी गरेर बास्तविक अस्त्रहरुको प्रयोग गरेर स्थल, हवाई र सामुद्रिक सैन्य कारवाही गरेको थियो । चिनियाँ संचारमाध्यमहरुका अनुसार आवश्यक परेको अवस्थामा ताइवानलाई कसरी सैन्य कारवाही गरेर मुल भूमिमा गाभ्ने भनेर अभ्यास गरिएको छ । अभ्यासले सजिलै ताइवानलाई चीनमा गाभ्न सकिने निष्कर्षसहित एक हप्ता लामो बस्ताविक सैन्य अभ्यास सकिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले एसिया भ्रमणको क्रममा आफूविरुद्ध ताइवानलाई उचालेको आरोप चीन लगाइरहेको बेला पेलोसीले भ्रमण गरेकी थिइन् । उक्त भ्रमणलाई चीनले आफूलाई चुनौती दिएको रुपमा लिएको छ ।

पेलोसी फिर्ता भएलगत्तै चीनले सैन्य अभ्यास सुरु गरेको थियो । चीनले परिवारसहित पेलोसीमाथि प्रतिबन्ध लगाएको छ भने अमेरिकासँगको केही सम्बन्ध स्थगित गरेको छ । चीनले एक चीन नीतिविरुद्ध अमेरिका गएको आरोप लगाएको छ । चीनले ताइवानलाई आफ्नो सार्वभौमसत्ता भएको बताउँदै त्यसमाथि खेल्नविरुद्ध बिना हिचकिचावट जवाफ दिने बताउँदै आएको छ । तर, ताइवानको अहिलेको नेतृत्वले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले सन् १९९० को दशक यता सभामुख पेलोसीलाई ताइवान भ्रमण गराएर नयाँ विवाद सिर्जना गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । पेलोसीको भ्रमणलाई लिएर चीनमा जनस्तरबाटै अमेरिका विरुद्ध आक्रोस बढेको छ ।

सामाजिक संजालमा चिनियाँ नागरिकहरुले पेलोसीको भ्रमणले आफूहरु लज्जित भएको बताउँदै सरकारलाई त्यसको जवाफ दिन आग्रह गरेका थिए । उनीहरुले आवश्यक परे युद्धको घोषणा गर्न समेत माग गरेका छन् । चीनले हवाईपछि ताइवानतिर चार दिनसम्म गोलाबारीको अभ्यास, पनडुब्बी प्रतिरोधी आक्रमण गर्नुका साथै समुद्री आक्रमणको अभ्यास गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal