Skip
आज :

विश्वको ध्यान युक्रेन-ताइवान भएको बेला अजरबैजान र अर्मेनियाबीच युद्ध सुरु

  • अनलाइन डबली

काठमाडौँ । विश्वको ध्यान पछिल्लो पटक चीन–ताइवान र रुस– युक्रेन तानिएको बेला अजरबैजान र अर्मेनियाबीच फेरि युद्ध सुरु भएको छ । शान्ति सम्झौता भएको दुईवर्ष पछि फेरि दुई देश युद्धको मैदानमा उत्रिएका हुन् ।

नागार्नो काराबाख क्षेत्रलाई लिएर दुई देशबीच पूरानो दुश्मनी रहेको छ । काराबाख अजरबैजानले आफ्नो दाबी गरेपनि त्यहाँ आफ्ना नागरिक लामो समयदेखि बसोबास बताउँदै अर्मेनियाले पनि दाबी गरिरहेको छ । बहुसंख्यक स्थानीयले पनि अर्मेनियासँग मिल्नको लागि विद्रोह गरेको बताइएको छ । उनीहरुले अर्मेनियाका सहयोगमा विद्रोही समूह समेत निर्माण गरेका छन् ।

सन् १९९० मा पनि दुई देशबीच युद्ध भएको थियो । विवाद समाधान नभएर युद्धविराम भएको थियो । त्यसपछि विवाद बढ्दै गएपछि फेरि सन् २०२० मा अजरबैजान र अर्मेनियमा युद्ध भएको थियो । जम्मा ६ हप्तासम्म चलेको युद्धमा दुबै देशका गरी करिब ७ हजार नागरिक मारिएका थिए । अजरबैजानले ६ हजार ५ सयको ज्यान गएको स्वीकार गरेको छ ।

वारपारको युद्धमा उत्रिएका दुबै देशबीच रुसको पहलमा १० नभेम्बर २०२० मा शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौता भएपनि दुबै देशबीच विवाद समाधान भएको थिएन । अहिले रुस युक्रेन युद्धमा रहेको बेला अजरबैजान र अर्मेनियाबीच भिषण युद्ध भएको छ । त्यसको लागि मध्यस्थता गरिदिने देशको अभाव भएको छ ।

दुबै देशले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मान्ने भएकोले यसअघि पटकपटक वार्ता तथा शान्ति सम्झौता भएका थिए । अहिले पुटिनले दुबै देशसँग छलफल गर्न नपाएकै कारण युद्धको अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । अर्मेनियामा ईसाई धर्म मान्नेहरुको बहुल्यता छ भने अजरबैजानमा मुस्लिम । यी दुबै देश धर्मका कारण पनि मुडभेडको अवस्थामा पुग्ने गरेका छन् ।

अजरबैजानले आफ्नो सेनाले हमला गरेको भन्दै भिडियो सार्वजनिक गरेको छ । अजरबैजानले नागोर्ने कराबाखमा अर्मेनियाले हतियार कारखना संचालन गर्न लगाएको आरोप लगाएको छ । अर्मेनियाले हमला गरेर आफ्नो एक सैनिकको मृत्यु भएपछि बदलामा हमला गरेको बताएको छ । उता उक्त आरोप अर्मेनियाले भने अस्वीकार गरेको छ ।

अजरबैजानले सार्वजनिक गरेको भिडियोमा सेनाको गाडीमा क्षेप्यास्त्र प्रहार गरिएको छ । बंकर बनाइएको छ र उक्त बंकरमा एकजना कमाण्डर भित्र पस्दै गर्दा बाहिर हमला भएको भिडियोमा देखिन्छ । अजरबैजानले नागोर्ने कराबाखका पहाडी क्षेत्र कब्जामा लिएको दाबी समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal