आज :

प्रचण्ड र बाबुर भट्टराईबीच बैठक सुरु, नेपाल, खनाल र गौतम पनि जोडिँदै

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु गरेका छन ।

माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच छलफल शुरु भएको एक नेताले जानकारी दिएका छन्।

सो छलफलमा दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरुले बताएका छन् ।

यसअघि दाहाल र भट्टराईबीच उप राष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो ।

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal