आज :

पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने जिम्मा प्रचण्डलाई

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यको बैठकले पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अख्तियार दिएको हो ।

‘पार्टी केन्द्रीय समिति बैठकमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन नेताहरूले निक्कै दबाब दिए । त्यसपछि प्रचण्ड कमरेड निवास खुमलटारमा पूर्व स्थायी समिति सदस्यहरू बसेर छलफल भयो ।

नेताहरूले पदाधिकारी सहित सबै कमिटी फाइनल गर्ने विषयमा आ–आफ्नोतर्फबाट सुझाव दिनुभयो’ पूर्व स्थायी समिति सदस्य गणेश शाहले भने,‘पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने सबै अधिकार अध्यक्षलाई दिएका छौँ । उहाँले सबै पदमा नाम प्रस्ताव गर्नुहुने छ ।’

माओवादी विधानमा अध्यक्ष सहित १५ जना पदाधिकारी हुने व्यवस्था गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष एक जना, एक जना महासचिव र एक कोषाध्यक्ष हुने छन् । अरू उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा ११ जना समेटिने भएका छन् । अरू पदमा समेट्न प्रचण्डलाई खासै समस्या नभए पनि महासचिव पदमा भने गाह्रो हुने भएको छ ।

महासचिव पदमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन् । शर्मा र पुन दुवैसँग परामर्श गरेर प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने नेता शाहले बताए । प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन् । आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन् ।

यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउन छलफल गरिरहेका छन् । प्रचण्डले सहमति जुटाउनकै लागि प्रचण्डले आज बस्ने भनिएको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal