काठमाडौँ । गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई ‘माफी माग्न लगाएर’ उन्मुक्ति दिइएको छ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाको आन्तरिक राजनीतिक भागबण्डाको विरोध गर्दै मंगलबार साँझ पालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका थिए।
नेपाली कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेपछि गाउँपालिकाको बैठक बसेको थियो।
बैठकले उनलाई ‘माफी माग्न लगाउने र क्षतिग्रस्त गाडी मर्मत गर्न लगाउने’ निर्णय गरेको थियो। ‘प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी मर्मत गर्न लगाउने र माफी माग्ने भनेर मिलापत्र भएको छ’, अध्यक्ष गच्छदारले भने ‘अब पनि यस्तै घटना भए कानूनअनुसार कारवाही गर्ने कुरा भएको छ।’
प्रहरीले उजुरी नआएको भन्दै घटनामा वेवास्ता गरेको थियो। यता भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा पर्ने आदर्श चोकमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले गए राति करिब २ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा गए राति करिब ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।
भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी र अर्का एकको दुर्घटनामा परेर मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


