आज :

त्रिशुली थ्री ए काे २ सय २० केभी विद्युत प्रशारण लाइनमा हिड्ने व्यक्तिलाई निकाल्ने प्रयास

  • अनलाइन डबली

काठमाडौँ । शनिबार विहानदेखि नुवाकोटस्थित त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धार गर्ने प्रयास जारी रहेकाे छ । आज बिहान ९ बजेदेखि त्रिशुली थ्री ए को २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धारकाे प्रयास गरिएकाे हाे ।

भौगोलिक अवस्थाका कारण क्रेन प्रयोग गरेर उद्धार गर्न पनि कठिनाई रहेको थियो । उनीलाई विद्युत प्रशारण लाइनमा हिडेको देख्ने वित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले र स्थानीले उनलाई तल झर्न गरेको आग्रह अस्वीकार गर्दै वरपर हिड्न थालेपछि समस्या पैदा भएको थियो । उनलाई तल झर्न दिएका आवश्वासन काम लागेन ।

जिल्लाबाट थप प्रहरी पठाउँदा पनि उनको उद्धार सम्भव नभएपछि हेलिकोप्टर प्रयोग गर्नु परेको थियो । करिब ७ घण्टापछि उनको उद्धार गरिएको प्रहरीले बताएको छ । स्थानीयले उनलाई भात मासु ल्याएर देखाउँदा पनि तारमै हिडिरहे । बोलाउँदा पनि निरन्तर विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी बनाए ।

स्थानीयका अनुसार उनले परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेका थिए । स्थानीयले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेका थिए ।

उद्धारकर्मीबाट भाग्ने, तर्किने गरिपछि दिनभर सो क्षेत्रमा तनाव भयो । विद्युत प्रसारण लाइन नै बन्द गरिएयो । यसबाट नेपाल विद्युत प्राधिकरणलाई करिब एक करोड घाटा पुगेको छ ।

यसरी विद्युत लाइनमा हिड्ने व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला भनेर चिनिने प्रेम विक हुन् । उनी मानसिक रोगी रहेको स्थानीयले बताएका छन् ।

बिकले घरपरिवारमा सधैं झगडा गरिरहेन गर्थे । शनिबार विहानै पनि घरपरिवाले रिसाएपछि एकाएक विद्युत प्रसारण लाइनमा चढेका थिए । त्यसपछि गाउँमा हल्लाखल्ला भएकाे बताइएकाे छ ।

  • फाेटाेः रसुवाली कविकाे फेसबुक

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal