दाङ । पछिल्ला दिनमा युवती तथा महिला हराउने घटना बढेका छन् । महिला असुरक्षित भएको भन्दै आवाज उठिरहेको छ तरपनि दिनदिनै युवती तथा महिला हराइरहेकी छन् ।
यसैबीच राेल्पाबाट दुई जनी युवती हराएकी छन् । सुनिल स्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँकी उनीहरु यही जेठ १९ गतेबाट सम्पर्कविहीन बनेकी छन् । उनीहरु घरबाट स्कूल जान्छु भनेर हिडेकी थिइन् ।
स्थानीय श्रीधर कुँवरकी १५ वर्षीया छोरी काजल र उनकी साथी तथा छिमेकी १५ वर्षकी बबिता कुँवर १९ गते विहान घरबाट स्कुल जाने भनेर सँगै हिडेकी परिवारले जनाएका छन् । परिवारका अनुसार काजल भारतमा कक्षा ८ सम्म अध्ययन गरेर नेपाल फर्किएकी हुन् । उनलाई राम्रोसँग नेपाली बोल्न नआउने परिवारले जनाएका छन् ।
काजलकी साथी बबिता सानैदेखि गाउँकै विद्यालयमा पढ्दै आएकी थिइन । अहिले दुवै जनाले गाउँकै विद्यालयमा कक्षा ९ र ७ मा अध्ययनरत थिइन् । गाउँकै केही व्यक्तिले स्कुल जाने हिडेकै दिन भिङ्ग्रीदेखि भालुवाङ्ग जाने गाडीमा चढेको र भालुबाङबाट नेपालगंज जाने हाइसमा चढेको देखेको बताइएको छ ।
दुबै किशोरी परिवार तथा आफन्तको सम्पर्कमा नभएको काजलका बुबा श्रीधरले बताए । उनले देख्नले खबर गरिदिन परिवारले आग्रह गरेका छन् । श्रीधरको मोबाइल नम्बर ९८२९८७८५१३ मा र बनिताको दाजु हेमराज कुँवरको मोबाइल नम्बर ९८६९४६२३१२ मा खबर गरिदिन आग्रह गरिएको छ ।
काजल भारतको सोनिपथ हरियाना एक विद्यालयमा अध्ययन गरेकी थिइन् । उनी उतै जान सक्ने भन्दै भारतमा देख्नहरुले ००९१ ९७१५२२१४०६ मा सम्पर्क गरिदन परिवारले आग्रह गरेका छन् ।