काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार विहान प्रचण्ड निवास खुमलटार पुगेका बालेनले जीतपछि शिर्ष नेताहरुलाई भेट्दै हिडेका छन् ।
अध्यक्ष प्रचण्डले बालेनलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा बालेनले आफूले काठमाडौंमा कसरी काम गर्न चाहेको भन्ने कुरा प्रचण्डलाई सुनिएका थिए ।
प्रचण्डले काठमाडौंमा फोहोरलगायतका समस्या बढ्दै गएको बताउँदै जनतासँग गरेका बचन पूरा गर्न भनेका थिए ।काठमाडौंबासीलाई तत्काल राहतको महशुस हुने गरी काम सुरु गर्न प्रचण्डले बालेनलाई सुझाव दिएका थिए ।
मेयर बालेनले आफूलाई सहयोग गर्न समेत आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । जनताको पक्षमा काम गरे आफ्नो पार्टीले सहयोग गर्ने बचन प्रचण्डले दिएका छन् । मेयर बालेनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए ।
काठमाडौंको फोहोर व्यवस्थापनको मुख्य चुनावी नारा बोकेर मैदानमा उत्रेका बालेन पदभार गरेपछि डम्पिङसाइडमा पुगेर स्थानीयका कुरा पनि सुनेका छन् ।
कार्यापालिकाको पहिलो बैठकको लाइभ गरेका बालेनले परिपक्कता भने देखाउन सकेनन् । वडाअध्यक्षहरुले बालेनलाई बैठक बसाल्न सिकेर आउन भनेका थिए । बालेनले कार्मचारीलाई अगाडि सारेको भन्दै वडाअध्यक्षहरुले विरोध जनाएका थिए ।