आज :

बजेट उत्कृष्ट छ, समर्थन गर्न राजनीतिक दलले हिचकिचाउन हुन्नः पूर्वअर्थमन्त्री पुन

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका आएको बजेट उत्कृष्ट भएको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफलमा सहभागी हुँदै उनले बजेट सकारात्मक आएको बताए ।

नेता पुनले आगामी वर्षको बजेटलाई समर्थन गर्न कुनै पनि राजनीतिक दलले हिचकिचाउन नपर्ने समेत बताए । पुनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु नै बजेटको मुख्य आकर्षण भएको बताए । उनले बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र कृषक पेन्सन योजना उत्कृष्ट रहेको बताए ।

आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको बताउँदै पुनले भने, “कृषिजन्य र औद्योगिक उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी हटाउने लक्ष्य बजेटले लिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले २ लाखलाई रोजगारी दिने घोषणा बजेटमा राखिएको छ ।” उनले थप ५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य समेत स्वागतयोग्य रहेकाले बजेट समग्रमा प्रशंसनीय आएको बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले प्रत्येक वर्ष नेपालमा ५ लाख युवा रोजगार बजारमा आउने र ५० हजारमात्रै रोजगारी सिर्जना हुने गरेको छ । जसमध्ये बाँकी ४ लाख ५० हजार युवा विदेशीने गरेका बताउँदै आगामी वर्षको बजेटले रोजगारीलाई प्राथमिकतामा राख्दै विदेशीने युवालाई स्वदेशमै राख्ने नीति लिएको पुनले बताए । उनले कृषि उत्पादन र औद्योगिक उत्पादन बढाउँदै ८ लाख मानिसलाई गरिबीको रेखाबाट माथि उकास्ने विषय समेत स्वागतयोग्य रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal