आज :

पोखरा विमानस्थलमा अर्को दुर्घटना, एसपी थापा नेतृत्वको उद्धारकर्मी टोली पुग्यो

  • अनलाइन डबली

पोखरा । पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ । घटनास्थलमा कास्कीका एसपी रमेश थापा उद्धारकर्मी सहित पुगेका छन् ।

विमानस्थलको कम्पाण्डमा ट्यांकर पल्टिएको कास्कीका एसपी रमेश थापाले बताए । प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले ट्यांकर उठाउने प्रयास गरिरहेका छन् । दुर्घटनामा मानविय क्षती भएको छैन ।

यसैबीच तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले बताए ।

‘खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको छ,’ उनले भने । दानीका अनुसार थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ । खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै रहेको छ । सोमबार १० वटा शव काठमाडौँ ल्याइसकिएको छ ।

​विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal