आज :

सम्पर्कविहीन जहाजका पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, को-पाइलटकोमा सम्पर्क हुन सकेन

  • अनलाइन डबली

काठमाडौं । हराइरहेको तारा एयरको जहाज लोते लेकमा दुर्घटना भएको आशं‍का गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको लोते टिटी लेक वरपर तारा एयरको जहाजको खोजी भइरहेको जनाएका छन् ।

जहाजको पाइलट प्रभाकर घिमिरेको मोबाइलमा घण्टी गइरहेको छ । पाइलटको मोबाइलमा नेपाल टेलिकमको नेटवर्कले काम गरिरहेको  जिल्ला प्रशासन कार्यालय मुस्ताङले पुष्टि गरेको छ । विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ ।

मोबाइलको लोकेसन ट्रेसिङको काम भइरहेको बताइएको छ । धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ । मुस्ताङ प्रहरीका अनुसार लोते आसपासमा स्थल र हवाइ मार्गबाटै खोजी भइरहेको छ ।

पाइलटको मोबाइल नेटवर्क देखिएपनि कोपाइलट उत्सव पोखरेलको मोबाइलमा भने नेटवर्कले काम गरेको छैन । विमान दुर्घटनाको खबर लगत्तै परिवारका सदस्यहरुले सम्पर्क गर्न खोज्दा हुन सकेको छैन ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज दुर्घटना भएको हुन सक्ने आश‌ंका गरिएको छ ।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।

पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् ।

खराब मौसमका कारण जहाजको खोजीका लागि गएको हेलिकोप्टर फिर्ता भएपछि नेपाली सेनाको मध्यकमाण्ड पोखराका जर्नेल सहितको टिम घटनास्थलतर्फ गएको छ ।

मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् ।

यसैबीच तारा एयरले प्रेस विज्ञप्ति निकाले सम्पर्कविहीन जहाजको खोजी कार्य भइरहेको तर हेलिकप्टर मौसम खराब भएपछि फर्किएको जनाएको छ । तारा एयरले जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ ।

मौसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal