आज :

मुस्ताङ घाँसाका स्थानीयले प्रहरीलाई भने- जहाजको ठूलो आवाज आयो, आगो बलेको देख्यौं

  • अनलाइन डबली

काठमाडौं । तारा एयरको सम्पर्कविहीन जहाज मुस्ताङको घाँसामा दुर्घटना भएको आशंका गरिएको छ । स्थानीयले जहाजको ठूलो आजाव आएको र आगो देखिएको भन्दै प्रहरीलाई खबर गरेको बताइएको छ । स्थानीयले मुस्ताङ प्रहरीलाई जहाज दुर्घटना भएको हुन सक्ने भन्दै खबर गरेका थिए । तर मौसम खराब भएकोले त्यसतर्फ प्रहरी भने जान सकेको छैन ।

प्रहरीले सूचना पाएलगत्तै पुष्टी गर्ने प्रयास गरेपनि यो समाचार तयार पार्दासम्म जहाज दुर्घटनाको पुष्टी हुन सकेको छैन । त्यस क्षेत्र आसपास केन्द्र बनाएर हेलिकोप्टरबाट खोजीकार्य भइरहेको छ । नीति क्षेत्रको एउटा र नेपाली सेनाको एउटा गरी दुई वटा हेलिकोप्टर परिचालन भइरहेका छन् ।

पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र विदेशी ६ जना विदेशी रहेका छन् । जहाजमा ३ जना चालक दलका सदस्य रहेका छन् ।

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा नआएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal