आज :

कृष्णसेनको आज स्मृति दिवस, प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम हुँदै

  • अनलाइन डबली

काठमाडौं । बरिष्ठ पत्रकार तथा सांस्कृति योद्धा कृष्ण सेन ‘इच्छुक’ को आज २० औं स्मृति दिवस । इच्छुकको सम्झनामा सामाजिक पत्रकार तथा सांस्कृतिकर्मीहरुले आज विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने भएका छन् ।

यसैबीच प्रेस सेन्टर नेपालले आयोजनामा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ । प्रेस सेन्टर र जनसांस्कृतिक महासंघको संयुक्त आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा पत्रकार र साहित्यक स्राष्टाहरुलाई पुरस्कार वितरण गरिने छ ।

प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको छ । कार्यक्रममा सेनाले नेपाली पत्रकारिता जगत र प्रतगतिशील साहित्यमा दिएको योगदानबारे छलफल गरिनेछ ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघलगायतका संघ संगठनहरुले पनि प्रभातफेरिलगायत विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । पत्रकार तथा वरिष्ठ साहित्यकार सेनको आजैकै दिन नेपाल पुलिस क्लवमा चरम यातना दिएर ह त्या गरिएको थियो । २०५९ जेठ ६ गते गिरफ्तार गर्दै महेन्द्र प्रहरी क्लव र सैन्य हिरासतको कोठरीमा राखेर कठोर यातना दिई जेठ १३ गते हिरासतभित्रै ह’त्या गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal