आज :

काठमाडौं महानगरको ताजा मतपरिणाम बाहिरियो, बालेनले कति मतले गर्दैछन लिड ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता कायमै राखेका छन् ।

बिहीबार ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।

मूख्य राजनीतिक दलले उम्मेदवार चयन गर्दा स्थानीय तहका प्रमुखमा महिलालाई कम स्थान दिएजस्तै निर्वाचित हुने महिला प्रमुखहरुको संख्या पनि न्यून रहेको छ। लुम्बिनी प्रदेशका १०९ वटा स्थानीय तहबाट मुख्य राजनीतिक दलले ११ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएका थिए।

नेकपा एमालेबाट ५, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट दुई-दुई तथा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीबाट एक-एक जना गरि ११ जनालाई पालिका प्रमुखमा उम्मेदवार बनाए पनि हालसम्मको निर्वाचन परिणामअनुसार प्रमुख पदमा जम्मा दुईजना महिला मात्रै निर्वाचित भएका छन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा पाँचदलीय सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्दा उपप्रमुख पदमा समेत महिला उम्मेदवारको संख्या न्यून बनेको थियो। कुनैपनि दलले स्थानीय तहको प्रमुख वा उपप्रमुखमा एकजना महिला उम्मेदवार बनाउनुपर्ने संवैधानिक प्रावधान रहे पनि गठबन्धनका कारण महिलाले उम्मेदवारी दिनबाटै बञ्चित भएका थिए।

नेकपा एमालेले प्रमुखमा ६ जना र उपप्रमुखमा १०४ जना महिला उम्मेदवार बनाए पनि कमजोर स्थानमा मात्रै महिला उम्मेदवार बनाएकोले हालसम्म दुईजना महिलामात्रै प्रमुखमा निर्वाचित भएका छन्।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेकी विमला अर्याल विजयी भएकी छन्। यसअघिको निर्वाचनमा समेत एमालेबाट नगरप्रमुखमा उमेदवार बनेकी अर्याल नेपाली कांग्रेसका भिमबहादुर थापा (भरत) सँग पराजित भएकी थिईन्।

अघिल्लो निर्वाचनमा हार बेहोरेको एमालेले यसपटक पनि अर्याललाई नगरप्रमुखमा उम्मेदवार बनाएपछि एमालेले विजय प्राप्त गरेको हो। अर्याल गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेललाई ३ हजार २ सय १८ मत अन्तरले पराजित गरेर विजयी भएकी हुन्।

अर्यालले १४ हजार ८३८ ल्याउँदा पोखरेलले ११ हजार ६२० मत ल्याएका छन्। पराजित पोखरेल कांग्रेसका जिल्ला सभापतिसमेत हुन्। त्यस्तै पाल्पाको बगनासकाली गाउँपालिकामा पनि नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) अध्यक्षमा निर्वाचित भएकी छन्।

यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी चिदीले गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्।

बगनासकालीमा चिदी र अधिकारीसँगै स्वतन्त्रबाट अम्बिका पाण्डे र जनता समाजवादीकी मिना कुमारी गाहाले अध्यक्षमा उम्मेदवारी दिएका थिए। एमालेले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख र उपमेयर दुवैमा महिला उम्मेदवार बनाए पनि मतगणना जारी रहेकोले अन्तिम मतपरिणाम आएको छैन। लुम्बिनीमा नगरप्रमुखमा रमावती यादव र उपप्रमुखमा कल्पना हरिजन एमालेबाट उम्मेदवार बनेका छन्।

नगरप्रमुखमा उम्मेदवार दिएकी यादवले नेपाली कांग्रेसका सजरुद्धीन मुसलमानलाई दुईहजार भन्दा कम मत अन्तरले पछ्याईरहेकी छन् भने उपप्रमुखममा उम्मेदवारी दिएकी हरिजन ६ सय भन्दा बढि मत अन्तरका साथ सबैभन्दा अगाडी छन्।

त्यस्तै एमालेबाट बाँकेको डुडुवा गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेकी सरोजकुमारी यादव पराजित भएकी छन् भने बाँकेको नरैनापुर गाउँपालिका अध्यक्षकी उम्मेदवार पदमावती यादव मतपरिणाम अनुसार पछाडी छन्।

त्यस्तै गठबन्धनबाट यसअघिको निर्वाचनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको नगरप्रमुखमा विजयी भएको नेपाली कांग्रेसले शान्ता भण्डारीलाई प्रमुखमा उम्मेदवार बनाएपनि विजयी हुन सकिनन्।

यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका कमलप्रसाद भुसाल विजयी भएको सन्धिखर्कको नगरप्रमुखमा भण्डारी पराजित हुँदा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ११ हजार ३९६ मत ल्याउँदा भण्डारीले नौं हजार ५३५ मत प्राप्त गरेकी छन्।

जनता समाजवादी पार्टीले बर्दियाको मधुवन नगरपालिकामा निशा सिंहलाई प्रमुखमा उम्मेदवार बनाएको थियो। नेकपा माओवादी केन्द्रबाट पनि कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा कमला भुसाल र शुद्धोधन गाउँपालिकामा कमला यादव अध्यक्षको उम्मेदवार बनेका थिए।

नेकपा एकिकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा आशा चौधरीलाई उम्मेदवार बनाएको छ। विवादका कारण दुईदिन सम्म रोकिएको मतगणना कार्य बुधवार मध्यरातदेखि गणना सुरु गरिएपनि प्राप्त अन्तिम मत परिणाम अनुसार चौधरी अरु उम्मेदवार भन्दा धेरे पछाडी छन्।

एमालेले नगरप्रमुखमा उम्मेदवार बनाएका सबै पालिकामा यसअघिको निर्वाचनमा एमाले पराजित भएको थियो। अघिल्लो निर्वाचनमा पराजित भएका दुईवटा पालिकामा उम्मेदवार बनेका दुईजना महिला प्रमुख यसपटक निर्वाचित भएपनि अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जितेका ४३ स्थानमा भने प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन सकेन।

मुख्य राजनीतिक दलहरुले अत्यन्त न्यून संख्यामा पालिका प्रमुखमा महिला उम्मेदवार बनाएपनि साना दल तथा स्वतन्त्र गरि लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकाबाट नगरप्रमुखका लागि ४९ र गाउँपालिका अध्यक्षका लागि २६ जनाले उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal