आज :

चुनाव आउन ७ दिन बाँकीः आज काठमाडौंमा गठबन्धनको चुनावी सभा, शिर्ष नेताहरुले सम्बोधन गर्ने 

  • अनलाइन डबली

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ७ दिन मात्रै बाँकी छन् । राजनीतिक पार्टी चुनाव प्रचार तथा घरदैलोमा व्यस्त छन् । गठबन्धन र पार्टीहरुले आआफ्ना चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।

सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावीसभा गर्दैछ । दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा हुने सभालाई गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गर्न लागेका छन् ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

विहीबार भरतपुरको चितवनमा गठबन्धनले चुनावी सभा गरेर गठबन्धन दलका नेताहरु मेयरकी उम्मेदवार रेणु दाहाललाई जिताउन अपील गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले रेणुलाई भोट मागेका थिए । त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रेणुको पक्षमा मतदान गर्न काँग्रेस नेता कार्यकर्ता तथा समर्थकलाई अपील गरेका थिए ।

त्यसैगरी आजकाे चुनाव सभाबाट काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार सिर्जना सिंहलाई मतदान गर्न अपील गर्नेछन् । गठबन्धन  दलहरुले संयुक्त अलग अलग पनि चुनावी सभाको आयोजना गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal