आज :

सान्नी त्रिवेणीमा शाहीको घरदैलोः त्रिवेणी पाटनलाई पर्यटकको हबदेखि दुई लेनको सडक प्राथमिकता

  • अनलाइन डबली

कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार डम्वर बहादुर शाहीले घरदैलो अभियान जारी राखेका छन् । निवर्तमान अध्यक्ष समेत रहेका शाहीले वडा नम्बर ६ का विभिन्न बस्तीमा पुगेर भोट मागेका छन् ।

शाहीले आफूले सुरु गरेका कामको पूर्णताको लागि दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको बताए । उनले पहिलो कार्यकालमा अनुभवको कमीका कारण भनेजस्तो काम गर्न नसकेपनि धेरै सकारात्मक कार्यहरु गरेको बताए । “अनुभवको कमीका कारण सोँचेजस्तै गरी काम गर्न सकिएन, विगतका कमजोरीलाई सच्याउँदै र अनुभवलाई पुँजीको रुपमा लिँदै दोस्रो कार्यकालको लागि तपाईँहरुको घरदैलोमा आएको छु, पालिकाबासीको लागि मैले सुरु गरेका कार्यको पूर्णतासँगै थप कामको लागि फेरि पनि विश्वास गर्नुहुनेछ भन्ने विश्वास लिएको छु” घरदैलो अभियानको क्रममा शाहीले भने ।

आफूले पालिकाबासीको हितको पक्षमा बनाएका योजना अधुरो छोडेर जान नसकेको शाहीले बताए । उनले जनताले अपेक्षा गरेजस्तै गरी पहिलो कार्यकालमा काम गर्न नसकेको स्वीकार गर्दै कमजोरीलाई सच्याउँदै विगतका शिक्षालाई आधार बनाएर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

चुनावी अभियानमै रहेको शाहीले अनलाइन डबलीसँग भने, “विगतमा केही अनूभवको कमी पनि रह्यो । जनताले अपेक्षा गरेअनुसार काम गर्न केही आन्तरिक बाह्य बाधा थिए, ति सबै अहिले हटेका छन् । मैले सुरु गरेका काम र पाँच बर्षको अनूभवसहित नयाँ कार्यकाल सुरु गर्नेछु । मेरो नयाँ कार्यकालमा जनताले अपेक्षा पूरा हुनेछन् ।” उनले घरदैलो अभियानको क्रममा जनताले आफूलाई फेरि पनि एक पटक हेर्न चाहेको बताए । नयाँ अध्यक्षलाई आए फेरि एक कार्यकाल खेर जाने भन्दै आफूलाई मतदान गर्न अपील समेत गरेका छन् ।

शाहीले केही नयाँ योजनाको घोषणा समेत गरेका छन् । सान्नी त्रिवेणीको १ नम्बर वडा सेरिज्यूलादेखि ३ नम्बर वडाको लुइयाटा हुँदै ९ नम्बरको मुम्रासम्म दुई लेनको सडक बनाउने पहिलो प्राथमिकतामा रहेको बताए । त्रिवेणी पाटनलाई पर्यटकीय हब बनाउन पनि सडक आवश्यक रहेको शाही बताउँछन् ।

त्यस्तै, गाउँपाकिाले मुम्रा, मेहलमुडी, लुइयाटा, रकु, सेरिज्यूला हुँदै जितेसम्म बस संचालन गर्ने योजना पनि रहेको बताए । यसको केही काम यही कार्यकालबाट सुरु भइसकेको बताउँदै नयाँ कार्यकालमा यसलाई पूर्णता दिने बताए । त्यसैगरी गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ योजना बनाएको बताए ।

त्यसैगरी शाहीले जनयुद्द जनअान्दाेलनमा सहिद, बेपत्ता तथा घाइतेहरूले अात्मसम्मानकाे अनुभूति हुने विशेष याेजना ल्याउने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal