काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उपचाररत पूर्व जनमुक्ति सेनाका कमाण्डर भक्त रानाको स्वासथ्य अवस्थाबारे जानकारी लिएका छन् । जनयुद्धमा घाइते रानाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको महाभारत गाउँपालिका-६ का राना मकवानपुरको झुरझुरेमा घाइते भएका थिए । त्यतिबेला राना जनमुक्ति सेनाको सेक्सन कमाण्डर रहेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । राना शान्ति प्रक्रियापछि वाइसीएलमा काम गर्दै आएका थिए ।
टाउकोमा लागेको चोट बल्झिएपछि खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ। रानाका दुबै खुट्टामा काटेर फालिएको छ । राना परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकहरुको सहयोगले उहाँको उपचार भइरहेको बताइएको छ।
भेटको क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, ७ बर्षको बच्चाको पढाई र पत्नीको रोजगारीको लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । गम्भीर अवस्थामा पनि राना र परिवारको पार्टी र नेतृत्वप्रतिको दृढ विश्वासले आफूहरुलाई प्रेरित गरेको प्रचण्डले बताएका थिए ।