आज :

पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन चार विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनले नेपाल आयल निगमलाई चेतावनी दिएका छन् । शनिबार संयुक्त रुपमा जारी गर्दै विद्यार्थी संगनले कोरोना महामारकिा कारण चरम आर्थिक संकटमा परेका नेपाली जनतालाई पेट्रोलियम पधार्थमा भएको मुल्यवृद्धि र त्यसको असर स्वरुप दाल,चामल,तेल,तरकारी खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मुल्यवृद्धिले चुलो समेत बाल्न नसक्ने अवस्थामा सिर्जना भएको भन्दै वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन चेतावनी दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), अनेरास्ववियु ,समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं)ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “कोभिड(१९ लगायत महामारीका कारण चरम आर्थिक संकटमा परेका नेपाली जनतालाई पेट्रोलियम पधार्थमा भएको मुल्यवृद्धि र त्यसको असर स्वरुप दाल,चामल,तेल,तरकारी खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मुल्यवृद्धिले चुलो समेत बाल्न नसक्ने अवस्थामा आम नेपाली जनतालाई पुर्याएको छ। हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं ।”

विज्ञप्तिमा हप्ता दिन नबित्दै पेट्रोल, डिजल र मट्टीतेलमा पटकपटक गरिएको मुल्यवृद्धिले यातायात र ढुवानीमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गरिएको छ । नेपाल सरकार र नेपाल आयल निगमसँग यसअघि संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यन्वयन गर्न माग समेत गरिएको छ ।

विद्यार्थी संगठनले आयल निगम भित्र चुहावट भ्रस्टाचार, कमिशनलाई रोकेर मूल्यवृद्धि घटाउनु पर्ने बताउँदै आएका छन् । नेपाल आयाल निगमले बुधबार राति पेट्रोलियम पर्दाथको मूल्य बढाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal