काठमाडौं । अनेरास्ववियु (अखिल क्रान्तिकारी) ले काठमाडौं मोडेल कलेज (केएमसी) को गम्भीर लापरवाहीका कारण छात्र सुशिल सहानीको मृत्यु भएको दुई हप्ता हुँदा समेत सत्यतथ्य सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ ।
अखिल क्रान्तिकारीका काठमाडौं इन्चार्ज गोविन्द विष्ट र संयोजक हस्त बिकद्वारा हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाउँदै कलेजको गम्भीर लापरवाहीका कारण अध्ययनरत १८ वर्षीय छात्र शुसिल सहानीको मृत्यु भएको र दुई हप्ता बितिसक्दा पनि घटनाको सत्यतथ्य सार्वजनिक नगरेको भन्दै अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको जनाएको छ ।
कलेजको होस्टेलमा बाथरुपममा भेन्टिलेशनको व्यवस्था नहुनु, अवस्था ठिक नभएको गिंजर प्रयोग गर्न लगाएकोले एक महिनाभित्र चार जना विद्यार्थीको अवस्था गम्भीर हुँदा समेत कलेज प्रशासन गम्भीर नएको अखिल क्रान्तिकारीले जनाएको छ ।
कलेजले विद्यार्थीसँग चर्को शूल्क असुल्ने तर सुविधा सम्पन्न उपचार कक्षको समेत व्यवस्था नहुनु प्रशासनको गैरजिम्मेवारीपन भएको ज्ञापनपत्रमा भनिएको छ ।
मंगलबार कलेज प्रशासनलाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरु पूरा नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ । कलेज प्रशासनले घटना ढाकछोप गर्न खोजेको अखिल क्रान्तिकारीले बताएको छ ।