 
	
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावाललाइ अदालतले न्याय दिएको छ । डा. रावलले आइतबार आफूहरुलाई काम गर्न रोक लगाउने निर्णय विरुद्ध उच्च आदालत पाटनमा विनकारण र गैरन्यायीक तवरले काममा रोक लागएकोले न्यायको माग गर्दै रिट दायर गरेपछि आज सोमबार उक्त आदेश आएको प्रतिस्ठानका डिन डा.रमेश भट्टराईले बताए ।
उच्च अदालत पाटनका न्यायाधीस भोजराज अधिकारीकोे इजलासले डा. रावललाई काममा रोक लगाउन निर्णय तत्काल कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको थियो । उपकुलपति रावलसँग यस बिषयमा जानकारी लिदा अदालतले न्यायीक मन प्रयोग गरेकोप्रति खुसि व्यक्त गर्दै भने, “हामीले पाएकाछौं अदालतलाई धन्यवाद यसमा मन्त्रीज्यूप्रति कुनै गुनासो छैन किनकी उहाँलाई सायद कसैले दवाब दिएको होला, त्यसमा उहाँको पनि केही बाध्यता थियो होला ।”
२०७८ कार्तिक २३ गते स्वास्थ्य तथा जनसंख्य मन्त्री विरोध खतिवडाले निष्कृय भएको मुद्दामा टेकेर डा.रावललाई कामकारबाही गर्न रोक लगाउने निर्णय गरेका थिए । सोही विषय गलत सावित गर्दै उच्च अदालत पाटनले मन्त्रीको निर्णयलाई बदर गरिदिएको कास स्रोतले अनलाईन डबलीलाई जानकारी दिएको छ ।
उनिहरुलाई काम गर्न रोक लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको हो । स्वास्थ्य मन्त्री खतिवडाले प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र रजिष्ट्रारलाई काम गर्न रोक लगाएर निरेश थापालाइ निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए  ।
।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          





