आज :

विरोध खतिवडाको विवादित कदमः उनी स्वास्थ्यमन्त्री कि न्यायाधीश ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कार्तिक २३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक लगाएर डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएर राजनीतिक पूवाग्रह साँध्ने र कानुन विपरित कार्य गरेको कानुनविदहरुले बताएका छन् ।

तत्कालिन केपी ओली नेतृत्व सरकारद्वारा २०७७ चैत २२ मा उपकुलपति नियुक्त गरिएका डा.रावललाई मन्त्री खतिवडाले सर्वोच्चले फिर्ता गरिसकेको रिटमा टेकेर कामकाज गर्न रोक्नु र निमित्तमा अरुलाई नै ल्याउन खोज्नु कानुनको खिल्ली उडाउने कार्य भएको अधिवक्ता दिवस निरौला बताउँछन् ।  उता स्वास्थ्य मन्त्रालय स्रोतले प्रतिस्ठानकाे एेन  विपरित डा.निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी मात्रै नभएर पूर्ण आर्थिक अधिकार र प्रशासकिय अधिकृत द्वन्दबहादुर शाहीलाई रजिस्टारको निमित्तको जिम्मेवारी दिनुले ठूलो आर्थिक चलखेलको तयारी गरेको आसंका रहेको जनाएको छ ।

डा. रावललाई सहप्राध्यापक बनाउने प्रक्रिया नै गलत भएको भन्दै प्रा.डा. रामप्रसाद उप्रेतीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, पछि उनी आफैंले रिट फिर्ता लिन निवेदन दिएपछि २५ साउन २०७८ मा सर्वोच्च अदालतले रिट फिर्ताको अनुमति दिएको थियो । यसरीे अदालतले फिर्ता गरिसकेको रिटमा टेकेर उपकुलपति डा.रावललाई हटाउन खोज्नु भनेको ‘या त मन्त्री खतिवडाले कानुनी सल्लाह नै नलिई आफै न्यायाधिश बन्न खोजे, या आफ्ना मान्छे भर्ति गर्न राजनीतिक पूर्वाग्रह साँध्न खोजे’ विज्ञहरु जिकिर गर्छन् ।

डा. रावल उपकुलपति बनेको दुई महिनामा नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस अध्यापनको अनुमति पायो । चिकित्सा शिक्षा आयोगले ३१ जेठमा कर्णालीलाई २० सिटमा एमबीबीएस अध्यापन अनुमति दिएको थियो । अहिले एमबीबीएस, बीएनएस, बी फार्मलगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णालीबाटै अझ साविकको कार्णालीका ५ ओटा जिल्लाबाट प्रज्ञिक क्षेत्रको यति माथिल्लो ओहोदामा पुग्ने पहिलो हुम्ली युवा डा.रावल, जसले राम्रो काम गरिरहेका छन्, उनलाई राजनीतिक प्रतिशोध साध्नकै लागि मन्त्री खतिवडाले यति ठूलो कदम चालेकाले उनी र उनको पार्टीले ठूलो मुल्य चुकाउनु पर्ने भन्दै स्थानी जनता आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रतिष्ठानका १ सय ६८ जना कर्मचारीहरुले शुक्रबार स्वास्थ्यमन्त्री खतिवडाले विवादित निर्णय गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्यमन्त्रीलाई आफ्नो नियम विपरितको निर्ण फिर्ता गर्न भन्दै ज्ञापनपत्र पठाएका छन् । स्वास्थ्य विज्ञान प्रतिस्ठानको ऐनमा उपकुलपति, शिक्षाअध्यक्ष वा रजिस्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको वा इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालना नगरेको भनेर सभाका एक चौथाइ सदस्यले लिखित निवेदन दिएमा छानविन समिति बनाउन सकिने व्यवस्था गरिएको छ ।

यस विषयमा डा.मंगलसँग जानकारी लिदा मन्त्रीको निर्णयले निकै निराश बनाएको बताउँदै भने,”यो देशमा साँच्चिकै इमान्दार र राम्रो काम गर्नेहरुलाई कसरी हुन्छ रोक्न खोजिदोरहेछ, हामीले छोटो समयमा धेरै गरियो अझै धेरै महत्वपूर्ण कार्य गर्न बाँकी छ, आशा छ मन्त्रीज्यू निर्णयबाट पछि हट्नु हुन्छ ।”

त्यो समितिले सम्बन्धित व्यक्तिले पदीय जिम्मेवारी पूरा नगरेको, इमान्दारीपूर्वक काम नगरेको सिफारिस गरेमा सभाको बैठकबाट पारित गर्नुपर्छ, अनि मात्र हटाउन सकिने व्यवस्था छ । यस्तो कुनै पनि प्रक्रिया पूरा गर्नुको साटो मन्त्रीले आफैं निर्णय गरेर कामकाजमा रोक लगाएका छन् । कर्णाली प्रदेशका नवनियुक्त मुख्य मन्त्री जीवन बहादुर शाहीले उपकुलपति रावललाई नियम विपरित हटाउने कदम चालेको भन्दै विरोध जनाएका छन् ।

सामजिक अभियान्ता ज्ञानेन्द्र शाहीले उपकुलपति रावल विरुद्ध लाग्ने मन्त्री खतिवडाप्रति आक्रोशित हुँदै भनेका छन्,“ कर्णालीको एउटा होनहार युवा जस्ले सिटामोल नपाउने हामी कर्णाली बासिलाई काठमाडौमा पाइने स्वास्थ सुबिधा दिए,जस्ले लाखौं कर्णाली बासिलाई कोरोना बाट बचायो ,आ-आफनो ज्यानको माया मारी डाक्टर मंगल रावललाई नेपाली भु-भागलाई भारतिय भु -भाग भन्ने माधव नेपालका कार्यकर्ता स्वास्थ मन्त्री बिरोध खतिवडाले कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानको उप कुलपति बाट हटाएर राजनीतिकरण गरे आ-आफनो असक्षम कार्यकर्ता लाई भर्ती गर्न खोज्दै छ्न । युवाहरूलाई यो देशमा काम गर्न नदिने बाताबरण सिर्जना गर्ने यी बिदेशी दलालहरुलाई यो देश बाट निकाला गर्नु पर्छ ।।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal