आज :

आज साउन १५ गते, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । आज खिर खाएर रमाइलो गरी मनाउने चलन छ । प्राचिन कालदेखि नै वर्षा ऋतुका बेला साउन १५ गते खिर र असार १५ गते दही, चिउरा खाएर रमाइलो गर्ने चलन छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदा गर्ने विश्वास गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा.रामचन्द्र गौतमका अनुसार संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्त्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् ।

दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउनलाई भगवान् शिवको महिना पनि भनिन्छ । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाउने गरिन्छ ।

यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर दिवसका रूपमा मनाउँदैछ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal