काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार उक्त कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको हो ।
शेयर सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । पहिलो कारोबारका लागि नेप्सेले प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ ।
कम्पनीले सनराइज क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक) मार्फत कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५८ लाख ७५ हजार ८ सय ७० कित्ता शेयर कम्पनीका संस्थापकहरुले लगानी गरेको र बाँकी २५ लाख १८ हजार २ सय ३० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।