आज :

चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई प्रयोग अनुमति

काठमाडौं । चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले प्रयोग अनुमति पाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको हो ।

यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले चिनियाँ कम्पनीले उत्पादन गरेको खोप प्रयोगमा ल्याइसकेका छन् ।

चिनियाँ कम्पनीको यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई बढी प्रभावकारी हुने देखिएको पनि डब्ल्यूएचओले जनाएको छ । विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै खोपको माग बढ्दो छ । तर, त्यही अनुसार उत्पादन नहुँदा खोपको अभाव छ । चीनले नेपाललाई दिने प्रतिवद्धता गरेको थप खोप ल्याउने तयारी भइरहेको छ । चीनले सहयोगस्वरुप नेपाललाई दिएको खोप लगाउन सुरु गरिएको थियो । तर, कोरोना संक्रमण उच्च भएसँगै खोप कार्यक्रम पनि स्थगित गरिएको छ ।

यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज र पछि नेपालले खरिद गरेको खोप दिइएको थियो । रसियन खोप ल्याउन पनि नेपाल सरकारले अनुमति दिएको छ । अब नेपालमा रसियाले उत्पादन गरेको खोप पनि आउने भएको छ ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभाव बढ्दो छ । चीनले दिने भनेको अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको छ । सोमबार नेपाल एयरलाइन्सको बाइडबडी जहाज चीन तर्फ उड्ने तयारी भइरहेको छ ।

यसैबीच उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन्। नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग शुक्रबार भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पाउने कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ’, पोखरेलले आग्रह भने, ‘यसका साथै भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ’ पोखरेलले भने ।

नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिँदै पोखरेलले भने, ‘कोरोनाविरुद्वको खोप विश्वकै नागरिकहरुको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौं, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन।’

जबाफमा संयुक्त राष्ट्रसंघकी नेपालस्थित संयोजक साराले आफ्नो तर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरिन्।

कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal