आज :

प्रचण्ड-माधवले आफ्नालाई मात्रै गरे तर म देश र जनतालाई भलो गर्न चाहन्छुः ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले (नेकपा)को अर्को समूहका नेताहरु आफ्नालाई भलो चाहने तर आफू देश र जनताको भलो गर्न चाहने बताएका छन् । शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधव समूहसँग आफ्नो विचार र सिद्धान्त नमिल्ने भन्दै प्रतिस्पर्धा गर्न नचाहेको बताए ।

”उनीहरुसँग कुनै प्रतिष्पर्धा गर्नु छैन । उनीहरुसँग विचार मिल्दैन । सिद्धान्त मिल्दैन । उनीहरु आफ्नालाई भलो गर्न चाहन्छन् । शासनसत्ता कब्जा गर्न चाहन्छन् । हामी देश र जनताको भलो गर्न चाहन्छौँ” ओलीले भने । उनले प्रचण्ड-माधव समूहको काठमाडौंको सभामा देशभरबाट मान्छे ओसार गरेपनि जनसभागिता नरहेको दाबी समेत गरे । ओलीले जनसभागिता हेर्न प्रचण्डलाई बुटवल आउन समेत भने ।

ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा गरेको काम देखेर विरोधीहरु छट्पटाएको आरोप पनि लगाए । उनले तीन बर्षमा सरकारले असाधारण काम गरेको र त्यसबाट विरोधीहरु डराएर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न लागि परेको पनि बताए । ओलीले भने, ‘विरोधीहरु यत्तिकै आत्तिएका होइनन्, यतिकै छट्पटाएका होइनन्, हामीले असाधारण विकास गरेका छौ । र उनीहरुले के सोचे भने अरु केही बर्ष समान्यतया २ बर्ष सरकार चल्थ्यो । अरु डेढ २ बर्ष यो सरकार चल्यो भने फेरि जनताका वीचमा जाँदा अरुका वाकस रित्तै हुन्छन्, खाली नेकपाको बाकस मात्रै भरिन्छ ।’ त्यसकारण अहिले नै सरकार ढाल्नुपर्छ भनेर देशी विदेशी षड्यनत्रकारीहरु जुमजुमाएको ओलीको भनाइ छ ।

सभालाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा आफूले प्रत्यक्ष तर्फ बहुमत ल्याउने दाबी समेत गर्दै समानुतपातिक गरी ५० लाख मत ल्याउने बताए । उनले प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भर्याङ बनाएको बताए ।

प्रधानमन्त्री ओलीले आफुले अहिलेसम्म सूर्य चिन्ह बाहेक अरु चिन्हबाट नलडेको र आफुहरुले नै दर्ता गराएको भएकाले सूर्य चिन्ह कसको भन्नेमा विवाद गर्नुनपर्ने दाबी गरे । २०४७ साल पछि निर्वाचन आयोगमा सूर्य चिन्ह दर्ता गराउने आफुहरु नै भएको र प्रचण्डले जीवनमा एकपटक पनि सुर्य चिन्हबाट चुनाव नलडेको भन्दै उनले कुन आधिकारीक भन्ने छलफल गरिरहनुपर्ने विषय नभएको बताए ।

ओलीले निर्मला पन्त र भागरथी भट्टको ब’लात्कारपछि ह’त्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने दाबी समेत गरे । उनले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन, विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal