आज :

लद्दाखबाट सेना पछि हटाउने चीन र भारतबीच सहमति

काठमाडौं । लामो समयदेखि सैन्य झडप हुँदै आएको लद्दाख सीमा क्षेत्रबाट आ-आफ्नो सेना फिर्ता गर्ने चीन र भारतबीच सहमति भएको छ । दुबै देशबीच सीमा क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको जनाएका छन् ।

चीन र भारतका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको हो । यसको पुष्टि गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणुअस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको बताए ।

संसदमा बोल्दै सिंहले गत सेप्टेम्बरयता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेको जानकारी दिएका छन् ।

चीनले पनि सैन्य फिर्ता गर्ने सहमति भएको पुष्टि गरेको छ । चीनको राष्ट्रिय प्रतिरक्षामामिला मन्त्रालयका प्रवक्ताले पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको जानकारी दिए ।

गत जुनमा दुई देशका सैनिकहरूबीच भएको भि डन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । भारत र चीन दुवैले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal