आज :

कुहिएको फर्सी प्रचण्ड मात्रै हुन्ः ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुहिएको फर्सी पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै भएको बताएका छन् । ओलीले जनयुद्धमा ठूला सपना देखाएर युवालाई सहभागी गराएकोले आफूले प्रचण्डलाई मात्रै कुहिएको फर्सी भनेको बताएका छन् ।

केही दिन पहिले प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेका थिए । उनको भनाईको जनयुद्ध लडेर आएका नेता-कार्यकर्ता र जनयुद्धमा सहयोग र सहानुभूती राख्नेहरुले चर्को आलोचना गरिरहेको बेला ओलीले बोलीलाई सच्याएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले जनयुद्धमा लागेका युवा युवतीहरुलाई कुहिएको फर्सी नभनिएको  स्पष्टिकरण दिएका छन् । ओलीले वहिगर्मनमा परेका जनमुक्ति सेनाको यथोचित व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

जनयुद्धमा युवा युवतीलाई ठूला सपना देखिएको र अहिले आफ्नो परिवारभन्दा टाढा सोच्न छोडेको भन्दै ओलीले प्रचण्डलाई चटके नेता भएको आरोप समेत लगाए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले (नेकपा)मा आएको र त्यो पूरा  कारण फर्किएको टिप्प्णी  समेत बताएका थिए ।

पार्टी एकता नटुंगिँदै (नेकपा) विभाजन भएपछि एकले अर्कालाई विभिन्न आरोप लगाउँदै दिनदिनै कार्यक्रम भइरहेका छन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णयसँगै (नेकपा) दुई चिरामा विभाजित भएको हो । तर, निर्वाचन आयोगले आधिकारिताको अन्तिम निर्णय नगरेकोले औपचारिक रुपमा विभाजन हुन् बाँकी छ ।

दुबै समूहले देशभर संगठन विस्तार तथा पुर्नगठन र विरोधका कार्यक्रम चलिरहेका छन् । ओली समूहले सांगठानिक कामहरु तिब्र गतिमा अगाडि बढाएको छ भने प्रचण्ड-नेपाल समूहले विरोधका कार्यक्रम ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal