काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पार्टी बिभाजन तथा सत्ता संकटले गति लिइरहेको बेलामा हुम्ला जिल्लामा बलियो देखिएको प्रचण्ड–माधब समुहले भोलि अथार्त शुक्रबार सात ओटै गाउँपालिकामा प्रधानमन्त्री केपी ओलीको संसद विगटनको विषयमा भण्डाफोर कार्यक्रम गर्ने जिल्ला पार्टीले बताएको छ ।
प्रचण्ड–माधब नेपाल समुहले हुम्ला जिल्लामा पहिलो पटक गाउँपालिका स्तरिय कार्यकर्तालाई भोली प्रशिक्षण दिने कार्यक्रम विशेष गरेर ओलीको खोक्रो राष्ट्रवादी चरित्र र उनको बोलाई र गराईमा आकश पातल फरक आएको विषय तलसम्म पुर्याउन आफूरु लागि परेको (नेकापा) केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज बिजय भण्डारीले अनलाइन डबलीलाई बताए ।
पौष ५ गते प्रधानमन्त्री केपी शर्मावलीले प्रतिनिधि सभा बिघटन गरे पछि (नेकपा) ओली र प्रचण्ड माधब नेपाल पक्षमा बिभाजन भएको छ । प्रधानमन्त्रीको कदमको बिरोधमा देश भरी (नेकपा) प्रचण्ड माधब नेपाल पक्ष बिभिन्न कार्यकक्रमका साथ बिरोध गदै आई रहेको छ । यसैगरी हुम्लामा पनि प्रधानमन्त्रीको कदमको बिरुद्धमा (नेकपा) प्रचण्ड माधब नेपाल पक्षले कार्यकर्तालाई प्रशिक्षण र बिरोधको कार्यक्रम गर्ने सदस्य भण्डारीले बताउनु भयो । यहि कार्यक्रमकोलागी प्रचण्ड माधब नेपाल पक्षका केन्द्रिय स्तरका र जिल्ला स्तरका नेताहरु जिल्ला सदरमुकाम सिमकोट संगै आ आफ्नो पालिकामा पुगेको समेत सदस्य भण्डारीले बताए ।
नेकपा प्रचण्ड माधब पक्षले हुम्ला जिल्लामा भोली गर्न लागेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको हुदाँ केन्द्रिय सदस्य बिजय भण्डारी,माननिय कर्णाली प्रदेशका योजना आयोगका सदस्य दिपेन्द्र रोकाया,पुर्व प्रतिनिधि सभाका माननिय सदस्य छिमि दोर्जे लामा,जिल्लाका बरिष्ट नेता कार्चेन लामा र जिल्ला अध्यक्ष लालकेश जैशी लगाएतका नेता कार्यकर्ताहरु हुम्लामा पुगेका छन् । सदस्य बिजय भण्डारी, पुर्व प्रतिनिधि सभाका माननिय सदस्य छिमि दोर्जे लामा र जिल्लाका बरिष्ट नेता कार्चेन लामाले सिमकोट गाउँपालिका, माननिय कर्णाली प्रदेशका योजना आयोगका सदस्य दिपेन्द्र रोकायाले सर्केगाड गाउँपालिका र जिल्ला अध्यक्ष लालकेश जैशीले ताजाकोट गाउँपालिकामा कार्यकर्तालाई प्रशिक्ष दिने समेत स्रोतले बताएको छ ।