काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार बढी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ४४ जना संक्रमित थपिएका हुन् ।
देशभरका विभिन्न प्रयोगशालामा ७४१४ जनामा गरिएको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । निको हुने दर ९४.४ प्रतिशत रहेको छ । अहिलेसम्म १८ लाख २० हजार ६१८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २७१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।
त्यस्तै, शुक्रबार थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।