काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ३० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्कासहित देशभर गरी थप ३० जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ । आज ज्यान गुमाउनेमा पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी पत्नी सीता महरा पनि छन् ।
त्यसैगर बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमित १ लाख ८३ हजार नजिक पुगेको छ । मन्त्रालयका अनुसार बुधबार नयाँ थपिएसँगै कुल संक्रमित १ लाख ८२ हजार ९२३ पुगेको छ ।
पछिल्ला केही दिनदेखि संक्रमित भन्दा निको हुनेको संख्या थोरैले भएपनि बढिरहेको छ । बुधबार थप ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा १ लाख ४४ हजार ९७९ जनाले कोरोना जितेका छन् । अब देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
देशभर १ हजार ३०५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।