काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराई शनिबार विहान आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।
कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको भट्टराईले उल्लेख गरेका छन् । संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेको भट्टराईले जानकारी दिएका छन् । भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।
डा. भट्टरारईले सामाजिक संजालमा लेखेका छन्- हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।