आज :

गृहमन्त्री बादललाई २१ दलिय मोर्चाको काउन्टर जवाफः सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । विभिन्न वाम राजनीतिक घटकहरुको २१ दलीय मोर्चाले कोरोना महामारीबाट पन्छिएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । एमसीसी खारेज, कोरोनाको निः शूल्क उपचार, राजनीतिक पार्टीमाथिको प्रतिबन्ध खारेजलगायतका माग राखेर विहीबार मोर्चाले विरोध प्रदर्शन गरेको हो ।

केही दिनअघि एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मोर्चामा अवद्ध दलहरुमाथि निगरानी गर्ने चेतावनी दिएका थिए । बादलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य बढाएको भन्दै मोर्चामाथि निगरानीको चेतावनी दिएका थिए । तर, गृहमन्त्रीको उक्त चेतावनीलाई चुनौती दिँदै मोर्चाले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्यो ।

सरकारविरुद्ध सडक संघर्षको घोषणा गरेको मोर्चाका नेताहरुले आजको प्रदर्शनमा गृहमन्त्रीलाई उल्टो चेतावनी दिए । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मोर्चाका नेता परी थापाले सरकार नागरिकको मौलिक हकविरुद्ध गएकोले आफूहरु सडकमा निस्किएको बताए । कोरोनाको उपचारबाट पछि हट्नुले सरकार असफल भएको पुष्टि भएको बताउँदै थापाले उक्त निर्णय खारेज गरी निःशूल्क उपचार गर्न सचेत गराए । गृहमन्त्रीको धम्कीबाट मोर्चा पछि नहट्ने भन्दै थापाले सरकारका जनविरोध कार्यको विरोध जारी रहने बताए ।

कोरोनाको उपचारबाट सरकार पछि हट्नु नागरिकको मौलिक हकविरुद्ध भएकोले आफूहरु सडकमा निस्किएको मार्क्सवादी एकता अभियानका केन्द्रीय सचिवालय सदस्य महादीप पोखरेलले बताए ।

”हामी सरकारी धम्कीबाट पछि हट्दैनौं,  सरकारले कोरोना संक्रमितको उपचारबाट भागेर विद्यमान संविधानद्वारा प्रदत्त अधिकारलाई समेत हरण गरेको छ, कोरोनाको निःशूल्क उपचार, एमसीसी खारेज, राजनीतिक पार्टीमाथि प्रतिबन्ध, कोरोनाको नाममा कालोबजारी र भ्रष्टाचार गर्नेलाई कारवाही नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ” पोखरेलले भने । मोर्चाले सरकारका जनविरोध हर्कतविरुद्ध दशैं लगत्तै थप संघर्षका कार्यक्रम घोषणा गर्ने पोखरेलले अनलाइन डबलीलाई जानकारी दिए ।

यसैबीच मोर्चाको कार्यक्रम सहभागी भएका सामाजिक अभियान्ता नरबहादुर कार्कीलाई प्रहरीले गि’रफ्तार गरेको छ । मोर्चाले गि रफ्तारीको विरोध गर्दै रिहाईको माग गरेको  छ ।

२१ दलीय मोर्चामा नेकपा(मशाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले) ४.राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा(बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम् सी सी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा(मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र ने क पा (माओवादी) सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal