आज :

यूरोपमा कोरोना संक्रमणको दोस्रो छालः फ्रान्समा कर्फ्यू जारी, बेलायतमा कडा नियम

काठमाडौं । यूरोपमा कोरोना भाइस संक्रमणको दोस्रो चरण पनि तीब्र रुपमा फैलिरहेको छ । केही सहज हुँदै गएको यूरोपका अधिकांश देशहरुमा फेरि कर्फ्यु र लकडाउन जार हुन थालेका छन् ।

तीब्र रुपमा संक्रमण दोस्रो लहर सुरु भएपछि फ्रान्समा कर्फ्यू जारी गरिएको छ । संक्रमण दर उच्च हुँदै गएपछि स्वास्थ्य आपतकाल लागू गर्दै राजधानी पेरिससहित ९ वटा शहरमा ४ साताका लागि सरकारले कर्फ्यू जारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले टेलिभिजन सन्देशमार्फत राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन् । उक्त समयमा कोही पनि ब्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गर्दै कोरानाको कहरका बीच लागू गरिएको कर्फ्यू आदेशलाई पालना गर्न आम नागरिकलाई राष्ट्रपति म्याक्रोनले अपील गरेका छन् ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै ४ साताका लाभगि लगाइएको कर्फ्यू ६ सातासम्म लम्ब्याउन सकिने समेत राष्ट्रपतिले बताए । कोराना महामारीको दर दिनप्रतिदिन बढ्दै गएकाले कर्फ्यू लगाउन बाध्य भएको जानकारी राष्ट्रपति म्याक्रोनले बताए ।

यसैबीच युरोपका अधिकांश राष्ट्रहरुले कोरोना संक्रमण नियन्त्रणका लागि प्रतिबन्धहरु लगाउन थालेका छन् । बेलायतमा हिजोबाट लागू हुने गरी तीन तहको प्रतिबन्ध लागू गरिएको छ ।

बेलायतमा घर बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइने, रेष्टुराँ र बार तथा पबहरु राति १० बजेपछि बन्द गर्नुपर्ने नियम लागू गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरानो संक्रमणको दर उच्च रहेकाले सो नियम लागू गरिएको जानकारी दिए ।

जर्मनीमा सञ्चालनमा रहेका बार र रेष्टुराँहरु रातको समयमा चाँडै बन्द गर्ने मापदण्ड तय गरिएको छ । त्यस्तै, स्पेनको क्याटालोनियाका सम्पूर्ण रेष्टुराँ र बारहरु १५ दिनका लागि बन्द गरिएको छ । आगामी नोभेम्बरसम्म लकडाउन गर्ने सरकारले जनाएको छ । यसअघि चेक रिपब्लिकको अधिकाशं अस्पतालहरुमा कोरोना संक्रमितको चाप बढेपछि लकडाउन लागु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal