काठमाण्डौं । सोमवार काठमाडौं उपत्यकामा २२ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौंमा १८ सय ८८ जना,भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार बढि संक्रमित थपिएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर थप ४ हजार ४७ जना संक्रमित थपिएको जानकारी गराएको हो । यो सहित हाल सम्म नेपालमा संक्रमित हुने एक लाख ११ हजार आठ सय २ पुगेको छ।
जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टमा थप ९ जनाको निधन भएको बताए। ति मध्ये काठमाडौं उपत्यकामा मात्र ८ जनाको रहेको छन् । आजको सहित हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६४५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । हाल सम्म संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना छन्।
मन्त्रालयका अनुसार आज थप १४ सय ७३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ।