काठमान्डौ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ । आज तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सम्पन्न भर्चुअल बैठकले निषेध आदेश एक हप्ता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले बताए ।
त्यस्तै काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएको छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको हो । आज सक्रमित हुने काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जना भएको मन्त्रालयको प्रबक्ता गौतमले जानकारी दिएको छन् ।
आज कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । आजको सहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । त्यसैगरी यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण ज्यान गईरहेका मन्त्रालयले बताएको छ ।
यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छन् ।
आज १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
अाज पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका बताएको छन् । तिनीहरु ३ सय २० जना महिला र ८ सय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।