काठमान्डौं । सुदूरपश्चिम प्रदेशमा थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारले आइतबार बिदा दिएको जानकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले दिएको छन् ।
यसअघि सुदूरपश्चिम प्रदेशमा रक्षाबन्धनमा, पौष २९ गते बुधबार भुवामा पर्व र चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा बिदा दिएको थियो ।
त्यसै अनुसार भोली अतबारी पर्वको अवसरमा पनि सार्वजनिक बिदा परेको प्रदेश मन्त्रालयका सचिब रावतले जानकारी दिए ।