काठमाडौं । जनकपुरका पूर्वमेयर तथा प्रख्यात रामा होटेलका सन्चालक कृष्ण गिरीको मगलबार राति उपचारको क्रममा काठमान्डौको मेडिसिटि अस्पतालमा कोरोनाबाट ज्यान गएको परिवारिक स्रोतले बताएको छ ।
७३ वर्षीय गिरीलाई १५ दिन अघि कारोना भएको पुष्टि भएको थियो । उनको अवस्था बिग्रिदै गएपछि श्री एयरलायन्सको विमान चार्टर गरी केहि दिन अघि थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो ।
पछिल्लो समय होटेल संचालन र व्यवस्थापनमा बढी सक्रिय गिरी वि.सं. २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर थिए । जनकपुरमा उनको होटेल प्रख्यत छ त्यस्तै उनि तथा प्रतिष्ठित होटेल व्यवसायीको रुपमा समेत परिचित थिए ।
त्यस्तै यस अघि आज पाटन अस्पताल भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको ज्यान गएकास्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कोरोना संक्रमण भएर उपचाररत उनको ज्यान गएको स्वास्थ्य कार्यालयले बुधबार विहान पुष्टि गरेको हो ।
त्यसै गरी ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । उनको निधनपछि रिपोर्ट आएको हो ।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै कडाई गरिएपनि संक्रमण झनझन फैलिरहेको छ । कोरोना बढेसँगै उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा पुन रोक लगाउनुका साथै भिडभाड हुनेगरी जात्रा नमनाउन पनि सरकारले आग्रह गरेको छ ।
- फाइल फोटो