आज :

साउन २५ गते देखि भाद्र २ गते सम्म कोरोनाको उच्च जोखिम रहेको छ ः स्वास्थ्यमन्त्री ढकाल

काठमाडांै । परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले साउन २५ गते देखि भाद्र २ गते सम्म कोरोनाको उच्च जोखिम रहने बताएका छन् ।

उनलाई बिज्ञहरुले दिएको सुझाब अनुसार अहिले कोरोनाको उच्च जोखिम रहेकाले यो समयमा संक्रमितको दर बढ्ने अनुमान गरेको बताएका छन् ।
त्यस्को ब्यवस्थापन र नियन्त्रणमा सरकार लागि परेको उल्लेख गदै सरकारले अहिलेसम्म व्यवस्थित रुपमा पीसिआर परीक्षण गरिरहेको बताए । उनले भने जस्तोसुकै अवस्था सिर्जना भएपनि कोरोना संक्रमित बिरामीको उपचार जिम्मा सरकारले लिने आस्वसन देखाएको छन् ।

उनि भन्छन् जनताको स्वास्थ्यको जिम्मेवारीराज्यले लिन्छ, बिरामीको उपचार राज्यले गर्न नयाँ निती कार्यक्रम ल्याएका छौँ । लागू गर्ने अवस्थामा पुग्न भ्याएका छैनौँ’ ।
त्यसै गरी उनले भारतमा कोरोना नियन्त्रण नगरिकन नेपालमा नियन्त्रण हुन नसक्ने जिकिर गदै अहिले भारतमा दिनमा करिब १ लाख संक्रमित भइरहेका छन् ।

त्यस्तै नेपालमा पनि यही अवस्थामा जोखिम कायम रहिरहे ९१ हजार पोजेटिभ देखिन्छन् । र, मध्यम खालको रहेका ३९ हजार पुग्छन् भन्ने हाम्रो अनुमान छ ।
उनल भने त्यसका लागि हामीले व्यवस्थापन गर्नुपर्छ । सरकारले कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको छ । ’आजसम्म नेपालका करीब २४ हजार संक्रमित रहेको उल्लेख गदै त्यस्को नियन्त्रणमा सरकार निरन्तर लागि रहेको बताए ।

उनल भने पछिल्ला दिनमा २ सूचक हाम्रा लागि राम्रो नभएको उल्लेख गदै ’हिजो जहाँ झिल्को देखिएको थियो त्यही डडेलो देखिएको छ, जस्तै विरगञ्ज, नेपालगञ्ज लगायतको क्षेत्रलाई लिन सक्छौँ ।

त्यसै गरी उनले भने, असार १९ गते ४४ सय ८३ पीसीआर गर्दा ७४० कोरोना संक्रमित अहिल ेसम्म धेरै हो’ डिस्चार्ज भएका पनि ७३ प्रतिशतबाट घट्ने क्रममा रहेका छन् ’सुरुबाट पोजेटिभ केस थोरै देखिए तर ’पछिल्ला दिनमा उच्च १० हजार ७ सय ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको थियो ।’

आज बिहानसम्म ४४६ जना कोरोना देखिसकेका बेलुकासम्म बढछन् अझै जोखिमा कायमै छ भन्दै सजक रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal