सुर्खेत । जुम्लाको एक क्वारेन्टिनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टिनमा राखिएका उनको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले संचारकर्मीलाई दिएको जानकारीअनुसार जेठ २१ गते जिल्ला बाहिरबाट आएका उनलाई क्वारेन्टिनमा राखिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको टोलीले मृतक पुरुषको स्वाब संकलन गरिको छ । उनी मुटु रोगबाट पीडित भएको बताइएको छ ।