काठमाडौं । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाले नेपालगञ्ज, सुर्खेत तथा काठमाडौंमा लकडाउनको कारण फसेका नागरीकलाई उद्दार तथा राहतको घोषणा गरेको छ । गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
काम विशेषले जिल्ला बाहिर अलपत्र परेका नागरिकको उद्दार गर्ने निर्णय गरेको बैठकपछि गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ बताएका छन् । काठमाडौं, सुर्खेत र नेपालगंजमा केही नागरिक अलपत्र परेको र केही लकडाउनका कारण दैनिक गुजरा गर्न नसकेको बताउँदै करुणले उद्दार र राहत वितरण गर्ने निर्णय गरेको बताए ।
गाउँपालिका अध्यक्ष करुणले निर्णय सार्वजनिक गर्दै लकडाउनमा परेकालाई घर फर्काउने ब्यवस्थ गरेको उल्लेख गरेको जानकारी गराएका छन् । त्यसैगरी काठमाडौै, नेपालगंज र सुर्खेतमा डेरामा बस्ने विद्यार्थी र दैनिक ज्यालादारी मजदूरलाई आर्थिक सहयोग गर्ने गरिएको छ ।
लकडाउनका कारण दैनिक गुजरा हुन नसकेका विद्यार्थी र मजदूरलाई प्रतिव्यक्ति दुई हजारका दरले सहयोग बितरण गर्ने निर्णय गरिएको छ । तीनै स्थानमा तीन टोली खटाएको छ ।
यस्तो छ निर्णयः