काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । सफल मिर्गौला प्रत्यारोपण पछि ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताबाट सरकारी निवास बालुवाटार आएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भएपछि चिकित्सकहरुले डिस्चार्ज गरेका हुन् । नियमित हिँडडुल, व्यायाम र खानपानमा ध्यान दिन प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले सुझाव समेत दिएका छन्
प्रधानमन्त्री निवासबाटै ओलीले काम गर्ने बताइएको छ । पहिलो जस्तो सामान्य अवस्थामा फर्किन भने ६ महिनादेखि एक बर्षसम्म लाग्नेछ ।
त्रिवि शिक्षण अस्पतालमा १९ गते भर्ना भएका प्रधानमन्त्रीको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौलादाता समीक्षा सङ्ग्रौला यसअघि नै घर फर्किसकेकी छन् ।
फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।