काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतार भर्ना भएका छन् । मृर्गौला प्रत्यारोपणका लागि ओली सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।
यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरिँदैछ । त्यसैको लागि ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका हुन्।
अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत् सम्बोधन गरेका थिए। ओलीली प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी ओलीले आफ्ना समर्थक तथ शुभचिन्तकहरुलाई ढुक्क रहन समेत भनेका थिए । ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उनलाई भान्जीले मिर्गौला दिनेछिन् । त्यसैगरी सन्देशमा प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुनेसमेत बताएका छन् । ।
ओलीको मृर्गौला प्रत्यारोपणको नेतृत्व त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीले गर्नेछन् । युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्।
त्यसैगरी अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने बताइएको छ । नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाहको नेतृतुवमा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत रहेन अस्पताल स्रोतले बताएको छ । युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन्।
प्रधानमन्त्री ओलीले पहिलो पटक भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा मृर्गौला प्रत्यारोपण गराएका थिए।