आज :

कोरोना भाइरसः चीन र कोरियाबाट फर्केका चारजना सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना 

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । चीन र कोरियाबाट फर्केका उनीहरुलाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालका अनुसार दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एकजनामा कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । चारै जनामा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म कोरोनाको संक्रमण नदिएपनि सुरुमा एकजना लक्षण देखिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् । चीन र कोरियाबाट फर्केका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताइएको छ ।

आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए । उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाएकाले आज रिर्पोट आउने अस्पतालले जनाएको छ ।

  • फाइल तस्विर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal